कक्षाकोठाको भवन भत्किँदा केन्यामा ७ विद्यार्थीको मृत्यु


एजेन्सी । पूर्वी अफ्रिकी मुलुक केन्याको राजधानी शहर नैरोबीमा अवस्थित १ बिद्यालयको कक्षाकोठा भत्किँदा ७ जना बालबालिकाको मृत्यु भएको छ ।

सोमबार भएको सो घटनामा परी अन्य ५७ जना घाइते भएका केन्याका सरकारी प्रवक्ताले पुष्टि गरेका छन् । घटनापछि नौरोबीको डागोरेट्टी क्षेत्रमा रहेका सयौँ स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

स्थानीय समयाअनुसार बिहान करिब ७ बजे सो कक्षाकोठा भत्किएको र त्यसमा परी विद्यार्थीहरूको ज्यान गएको जनाइएको छ ।

यहाँका विद्यार्थीहरु केही समय अघि मात्र कक्षाकोठामा छिरेका थिए । सो घटनापछि उद्धारकर्ताहरूले उद्धार कार्य जारी राखेका बताइएको छ ।

प्रकाशित : २०७६ आश्विन ६, सोमबार १२:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ