सप्तरी मालपोत कार्यालयका सहयोगी २ हजार घुससहित पक्राउ


राजविराज, ६ असोज । सेवाग्राहीसँग घुस लिँदै गर्दा सप्तरीमा एक कर्मचारीलाई सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालयका कार्यालय सहयोगी अर्जुनकुमार मण्डललाई अख्तियारले पक्राउ गरेको हो । उनी सप्तरीको विष्णपुर गाउँपालिका–६, गोरगामाका बासिन्दा हुन् । सेवाग्राहीसँग २ हजार रुपैयाँ घुस लिएको आरोपमा मण्डल पक्राउ परेका हुन् ।

मोही नामसारी र जग्गा बाँडफाँटका लागि निवेदन लेखाई दिने भन्दै मण्डलले सेवाग्राहीसँग रकम लिएको मालपोतका निमित्त कार्यालका कर्मचारी योगेन्द्र कार्कीले जानकारी दिए। पक्राउ परेका मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालय लगिएको छ।

यसअघि २०७५ चैत २५ गते पनि सोही कार्यालयका नासु वासुदेव मण्डललाई अख्यिारले पक्राउ गरेको थियो। मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग ४० हजार घुस लिएको आरोपमा उनी पक्राउ परेका थिए।

प्रकाशित : २०७६ आश्विन ६, सोमबार १५:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ