विवाह पूर्वको यौन सम्पर्क अपराध भन्ने विधेयकको विरोधमा प्रदर्शन



८ भदौं । विवाह पूर्व यौन सम्बन्ध कायम गर्न नपाउने व्यवस्थासहितको प्रस्तावित कानूनको विरोधमा इन्डोनेसियाको संसदबाहिर प्रदर्शन भएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास तथा पानीको फोहोरा प्रहार गरेको छ ।

विवाह पूर्व यौन सम्पर्क गरे अपराध ठहरिने व्यवस्थासहितको विधेयकको विरोधमा राजधानीका विभिन्न ठाउँमा प्रदर्शन भएको हो । प्रदर्शनका कारण विधेयकमा ढिलाइ गरिएको छ । तर विधेयक फिर्ता नभएकाले संसदबाट पारित हुने सम्भावना अझै पनि रहेको भन्दै प्रदर्शनकारी चिन्तित छन् ।

प्रस्तावित विधेयकमा विवाह पूर्वको यौन सम्बन्धलाई अपराध मान्दै एक वर्षसम्मको जेल सजायको व्यवस्था गरिएको थियो । विवाह पूर्व नै सँगै बस्ने (लिभ इन रिलेसन) मा ६ महिनासम्मको सजाय हुने व्यवस्था पनि गरिएको छ ।

यस्तै राष्ट्रपति, उपराष्ट्रपति, धर्म, राष्ट्रिय संस्थान, झण्डसहितका राष्ट्रिय चिन्ह वा प्रतिक एवम् राष्ट्रिय गानको निन्दा गर्नु पनि अपराध हुने सो विधेयकमा व्यवस्था गरिएको छ । यस्तै आमाको स्वास्थ्यमा चुनौति वा बलात्कारका कारण रहेको गर्भ बाहेक अवस्थामा गर्भपतन गर्न नपाउने र त्यसो गरेमा चार वर्षसम्मको सजाय हुने व्यवस्था छ ।

प्रकाशित : २०७६ आश्विन ८, बुधबार १३:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ