वीरगञ्जमा खुला रुपमा माछा मासु बिक्री बन्द !


वीरगञ्ज, ११ असोज । वीरगञ्जमा खुला रुपमा माछा मासु विक्री बन्द हुने भएको छ । वीरगञ्ज महानगरपालिकाभित्र सार्वजनिक ठाउँमा माछा मासु विक्री वितरण बन्द गर्न अदालतले आदेश दिएको हो ।

उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जका नगर अध्यक्ष अजित कुमार भुजेलले गत भदौ २२ गते उच्च अदालत अस्थायी ईजलाश वीरगञ्जमा मुद्दा दर्ता गराएका थिए । सो मुद्दाको सुनुवाई गर्दै जिल्ला अदालतले माछा मासु बिक्री बितरणमा रोक लगाउन आदेश दिएको छ ।

अदालतले माछा मासुको विक्री वितरणमा रोक आदेश दिएपनि कार्यान्वयणमा चुनौती खडा हुने देखिएको छ । माछा मासु व्यावसायीहरुले अदालतको आदेश नमान्ने सम्भावना देखिन्छ ।

प्रकाशित : २०७६ आश्विन ११, शनिबार ०५:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ