काठमाडौं , १३ असोज । सरकारले आज नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज ‘खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल’ घोषणा गर्न लागिएको हो । सोमबार मध्याह्न राष्ट्रिय सभागृहमा खानेपानी मन्त्रालयले आयोजना गर्ने एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्नेछन् ।
नेपालका जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने काम सन् २०११ सालबाट सुरु गरिएको थियो । अहिले ७७ जिल्ला नै खुला दिसा मुक्त जिल्ला घोषणा भइसकेका छन् । सरकारले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेलगत्तै सरसफाई अभियानाई तीव्रता दिने योजना रहेको मन्त्रालयले जनाएको छ ।