सभामुख कृष्णबहादुर महराले महिला कर्मचारीलाई बलात्कार गरेको खुलासा


काठमाडौं, १३ असोज । संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले एक महिला कर्मचारीलाई बलात्कार गरेको रहस्य खुलेको छ ।

महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर बलात्कार गरेको हाम्रा कुरा अनलाइनले खुलासा गरेको हो । आइतवार साँझ ती महिलालाई जर्वजस्ती मदिरा पिलाएर बलात्कार गरेको बताइएको छ । सभामुख महरा समेत मदिरा खाएर लठ्ठ थिए ।

आफ्नो घरमा श्रीमान नभएको र श्रीमान भएको बेलामा नआउन भनेपनि महराले सो कुरालाई सुनेनन् । बरु सुरक्षाकर्मीहरुलाई साथ लिएर उनी करणी गर्ने मनसायले स्नेहाको डेरामा पुगेको उनले त्यहाँ गरेको हर्कतले समेत पुष्टी भएको छ ।

प्रकाशित : २०७६ आश्विन १३, सोमबार १५:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ