महराकै कारण २८ वर्ष पुरानो दाम्पत्य जीवन टुट्यो, रोशनीको पतिले लेखे यस्तो….


काठमाडौं, १६ असोज । नेकपा नेता कृष्णबहादुर महराले गरेको यौन दुव्र्यवहारका कारण रोशनी शाहीको दाम्पत्य जीवनमा ब्रेक लागेको छ ।

शाहीका पति चित्रजंग शाहीले बिहीबार फेसबुक मार्फत दाम्पत्य जीवन तोडिएको स्टाटस लेखेका हुन् । शाहीले सार्वजनिक गरेको लिखितपत्रमा भनिएको छ, ‘हामी २८ वर्षसम्म सँगसँगै दिन बितायौं र समयको गतिसँगै अलग हुने निर्णयमा पुगेका छौं । धन्यवाद शुभचिन्तकहरुमा ।’

लिखित पत्रमा चित्रबहादुर र रोशनीको हस्ताक्षर छ । साथै पत्रमा खुःशीसाथ अलग अलग बस्ने निर्णय लिएको समेत उल्लेख गरिएको छ ।

रोशनीले महराले जर्वजस्ती करणी गरेको आरोप लगाएकी थिइन् । तर पछि उनले महरा बुवा सरहको व्यक्ति भएको र जर्वजस्ती करणी नगरेको दावी गर्न थालेकी छिन् । उनले प्रहरीमा समेत महराले केहि नगरेको भन्दै निवेदन दिएकी हुन् ।

महरा भने सभामुख पदबाट राजीनामा दिइसकेका छन् । स्रोतका अनुसार दबाबका कारण रोशनीले बयान फेरेकी हुन् ।

प्रकाशित : २०७६ आश्विन १६, बिहीबार ०६:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ