जनकपुरधाम, १८ असोज । जनकपुरधाम उपमहानगरपालिकाले स्वच्छता अभियान अन्तर्गत वातावरण प्रदुषण नगर्ने झोला वितरण गरेको छ । जनकपुरस्थित राजदेवी मन्दिर क्षेत्रमा सर्वसधारण र व्यावसायीलाई झोला वितरण गरेको हो ।
चाडपर्वका बेला झोला बढी प्रयोग हुन्छ । तर बजारमा अझै वातावरण प्रदुषण गर्ने झोलाको प्रयोग भइरहेकाले त्यसलाई रोक्न प्रदुषण रहिद झोला वितरण गरिएको जनकपुरधामका मेयर लालकिशोर साहले जानकारी दिए ।
मेयर साहले प्लाष्टिकको झोलाले प्रदुषण फैलाउने गरेकाले त्यसबाट बच्न स्वच्छता अभियान अन्तर्गत नयाँ खालको झोला (प्रदुषण रहित) वितरण गरिएको बताए । उनले प्लाष्टिकको झोला प्रयोग नगर्न नगरबासीसँग अपिल पनि गरेका छन् ।