पूर्व पश्चिम राजमार्ग ५ बर्षमा चार लेनको बन्ने, सिरहा-सप्तरी खण्डको ठेक्का लागिसक्यो


काठमाडौं, २० असोज । पूर्व-पश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत बाराको पथलैयादेखि सिरहाको कमला सडक खण्ड चार लेनमा विस्तार हुने भएको छ ।

सडक विस्तारका लागि विश्व बैकसंग छलफल भैरहेको विकास सहायता कार्यान्वयन महाशाखाका इन्जिनियर छविलाल पौडेलले जानकारी दिए । उनका अनुसार विश्व बैंकले ग्रीन सिग्नल समेत दिईसकेको छ । यसको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अध्ययन गर्न समेत अध्ययन समेत सहयोग माग्न लागिएको हो ।

विश्व बैंकले ग्रीन सिग्नल दिएको भएपनि सम्झौता हुने निश्चित भने भैसकेको छैन् । चार पाँच महिनाभित्रै सम्झौता गर्ने र यहि आर्थिक बर्षभित्र डिपिआर समेत तयार पार्ने योजना बनाईएको छ । आगामी बर्षबाट निर्माण नै सुरु गर्ने महाशाखाको योजना छ ।

बढ्दै गएको सवारीसाधनको चापले राजमार्गका विभिन्न खण्ड साँघुरो बन्दै गएपछि सरकारले सडक विस्तार योजना अघि बढाएको छ । हालको दुईलेनको सडकलाई स्तरोन्नती गर्दै चार लेनको बनाउन लागिएको हो । १ सय ३० किलोमिटर लम्वाईको यो सडक विस्तारका लागि करिव ४० अर्व रुपैया लाग्ने अनुमान गरिएको छ ।

सरकारले पुरै पूर्व पश्चिम राजमार्ग (१०२८ किमी)लाई पाँच बर्षमा चार लेनको बनाउने सरकारले लक्ष्य लिएको छ । दुईवटा खण्डको एसियाली विकास बैक (एडीबी)को सहयोगमा निर्माण गर्न लागिएको छ । भने एउटा खण्डको विश्वबैकसंग सहयोग माग्न लागिएको छ ।

विभिन्न दातृ निकायबाट ऋण सहयोग लिएर नेपाल सरकार आफैले लगानी गरेर आगामी पाँच बर्षमा पुर्व पश्चिम राजमार्गलाई चार लेनको बनाईने लक्ष्यका साथ काम भैरहेको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।

आर्थिक बर्ष २०७६/०७७ को बजेटमा समेत चार लेनको बनाउने लक्ष्य राखिएको छ । पुर्व र पश्चिम गरि दुई चरणमा विस्तार गर्ने सरकारको योजना रहेको छ ।

विस्तारको काम भने सुरु भैसकेको छ । २०७५ चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेर नारायणगढ बुटवलको काम सुरु भएको हो । कुल १ सय १५ किमीमध्ये नारायणगढ दाउन्ने ६५ किमी र दाउन्नेबाट बुटवल ५० किमी गरि दुईवटा खण्ड बनाएर निर्माण कार्य अघि बढाईएको छ। दुवै खण्डको चिनियाँ कम्पनी चाईना स्टेट इन्जिनियरिङ कर्पोरेशन ठेक्का पाएको छ ।

कम्पनीले साईटमा क्याम्प राख्ने, इक्विपमेन्ट ल्याउने,प्लान्ट निर्माण गर्ने लगाएतका आयोजना पुर्व तयारी गरेर काम सुरु गर्न तयार अवस्थामा छ ।

६ महिना अघि नै ठेक्का लगाउदा साईट क्लियर गर्ने ठेक्का पनि यसैमा समावेश गरिएकाले काम सुरु हुन सकेको छैन् । विद्युतका पोल र रुखहरु हटाउन नसक्दा काम सुरु हुन सकेको छैन् । कार्तिकसम्म साईट क्लियर गरेर काम सुरु गर्ने योजना रहेको आयोजना साईट कार्यालय बर्दघाटका प्रमुख सुरेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार साईट क्लियर गर्न केन्द्रले पर्याप्त सहयोग नगरेका कारण आयोजनाले गति लिन नसकेको हो। आगामी चार बर्षमा यो सडक तयार पार्ने लक्ष्य छ । यो सडक निर्माण भएर निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई समेत सहयोगी हुनेछ ।

त्यसैगरी अर्को सिरहाको कमला सप्तरीको कंचनपुर ८६.८२ किमीको खण्डलाई पनि विस्तार गर्ने ठेक्का आव्हान भैसकेको छ । कंचनपुर कुशाहा करिव ४० किमी र कुशाहा कमला ४७ किमी गरि दुईवटा खण्डमा विस्तार गर्न लागिएको । वोलपत्र आव्हान गरेर सम्झौता गर्न लागिएको भएपनि विवाद निस्केपछि प्रक्रिया रोकिएको थियो ।

विवाद हटिसकेकाले प्रक्रिया अघि बढाउन लागिएको आयोजना कार्यान्वयन निर्देशनालय (एडीबी) प्रमुख दिपक श्रेष्ठले जानकारी दिए । २०७५ भदौमा नै वोलपत्र आव्हान भैसकेको छ । निर्माण सुरु गरेको साढे तीन बर्षमा निर्माण सक्ने लक्ष्य लिएको छ । श्रेष्ठका अनुसार तत्कालै प्रक्रिया सुरु हुनेछ ।

  • बीजमाण्डुबाट साभार

प्रकाशित : २०७६ आश्विन २०, सोमबार १४:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ