पाकिस्तानका प्रम इमरानलाई उपहार दिएको विमान साउदी राजकुमारले खोसेको खुलासा


एजेन्सी, २० असोज । पाकिस्तानका प्रधानमन्त्री इमरान खानमाथि निकै ठुलो अपमान गरिएको छ । पाकिस्तानी सञ्चार माध्यमले उल्लेख गरेअनुसार राष्ट्र संघीय महासभामा भाग लिन गएको बेला साउदी अरबका राजकुमार मुहम्मद बिन सलमानले खानमाथि ठुलो अपमान गरेका हुन् ।

साउदी अरबका राजकुमारले खानमाथि अपमान गर्दै उपहार स्वरुप दिएको विमानसमेत फिर्ता लिएको विषय पाकिस्तानी मिडियाले खुलासा गरेका छन् । पाकिस्तानी सञ्चार माध्यमले जनाएअनुसार राष्ट्रसंघीय महासभाबाट पाकिस्तान फिर्ता हुने क्रममा साउदी युवराजले उपहार स्वरुप दिएको विमान विमानस्थलबाटै फिर्ता लिएका थिए । जसको कारण प्रधानमन्त्री इमरान खान एकदिन बढि अमेरिकाको विमानस्थलमा अलपत्रसमेत परेका थिए ।

यसअघि अन्तराष्ट्रिय सञ्चार माध्यमले विमान विग्रदाँ इमरान अलपत्र परेको भनि खबर प्रकाशित गरेका थिए । तर, पाकिस्तानी मिडियाले साउदी अरबले उपहार स्वरुप दिएको विमान फिर्ता लिएको खुलासा गरेको हो ।

पाकिस्तानी मिडियाका अनुसार साउदी अरबका राजकुमार मुहम्मद बिन सलमान राष्ट्रसंघीय महासभाको बेला कुटनीतिक मर्यादा प्रति पाकिस्तानी प्रधानमन्त्रीले ध्यान नदिएको भन्दै असन्तुष्ट थिए । जानकारी अनुसार महासभामा खानले गरेको सम्बोधनप्रति असन्तुष्ट बनेका राजकुमारले विमान फिर्ता लिएका हुन् ।

स्मरणरहोस् गत महिना मात्रै साउदी अरबको भ्रमण गरेको पाकिस्तानी प्रधानमन्त्री खानलाई साउदी राजकुमारले विमान उपहार दिएका हुन् । साउदी राजकुमारले दिएको विमानमै खान गत साता भएको राष्ट्र संघीय महासभामा भाग लिन अमेरिका पुगेका थिए ।

प्रकाशित : २०७६ आश्विन २०, सोमबार १६:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ