महिनावारी भएका बेला ध्यान दिनुपर्ने कुरा


एजेन्सी महिनावारी महिलाका लागि नियमित प्रक्रिया नै हो । २८ दिने चक्रका रुपमा आउने यो प्रक्रिया प्राकृतिक हो । त्यसैले यो अवस्थामा आउने परिवर्तन र समस्याका बारेमा जानकार रहेर आफ्नो ख्याल आफ‍ैं गर्नु बुद्धिमानी हुनेछ । महिनावारीका बेला ध्यानदिनुपर्ने ५ कुरा यस्ता छन् :

{महिनावारीका समयमा यौनांगबाट रगत बग्ने हुन्छ । यसर्थ, यसको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यदि, सरसफाइको कमी भएमा कतिपय अवस्थामा संक्रमणसमेत हुन सक्छ ।

[ सकेसम्म स्यानेटरी प्याड र सफा सुती कपडाको प्रयोग गर्नुपर्छ । प्याड हरेक चार घन्टामा फेर्नुपर्दछ । एउटै प्याड लामो – समय राख्दा ब्याक्टेरिया फैलन सक्ने सम्भावना रहन्छ ।

[ यो वेलामा शरीरमा आइरनको कमी हुने भएकाले पोषणयुक्त खानेकुरा सेवन गर्नुपर्छ ।

[दुखाइ कम गर्ने नाममा अनावश्यक औषधि सेवन गर्नु हुँदैन ।

[५ यो वेला यौनांगमा पाउडर र क्रिमजस्ता वस्तु प्रयोग गर्नु हुँदैन । जसले इन्फेक्सन गर्न सक्छ ।

प्रकाशित : २०७६ आश्विन २२, बुधबार १७:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ