Breaking- धनुषामा वडाध्यक्षसहितका ९ मोटरसाइकलमा आगजनी


जनकपुरधाम, २३ असोज । धनुषाको जनकनन्दनी गाउँपालिका ३ का वडाध्यक्ष विष्णुदेव साहसहितका ९ जनाको मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरेको छ ।

मोटरसाइकल वडा कार्यालयमै राख्ने गरिएको थियो । सो ठाउँमा राखिएको वडाध्यक्ष साह र अन्य सर्वसधारणको मोटरसाइकल जलेर नष्ट भएको अवस्थामा आज विहान स्थानीयले देखेका छन् । आगजनी कसले गरेको विषयमा केहि खुलेका छैन ।

घटनास्थलमा विजुलीको तार समेत चुडिएको छ । जसले गर्दा विजुलीकै तारले आगजनी भएको अनुमान गरिएको छ । तर विजुलीकै तारले आगजनी भएको हो भन्ने यकिन हुन सकेका छैन । घटना विषयमा धनुषा प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित : २०७६ आश्विन २३, बिहीबार ०३:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ