जापानमा बिनासकारी आँधी : अधिकांस क्षेत्र जलमग्न, ७० लाख मानिस प्रभावित

२६ असोज । शक्तिशाली समुद्री आँधी हागिबिसका कारण जापनको जनजीवन प्रभावित भएको छ । स्थानीय समय अनुसार शनिबार बेलुका ७ बजे हागिबिस आँधी टोकियोबाट दक्षिण–पश्चिममा रहेको इजु प्रायद्विपको भूमिमा ठोक्किएको हो ।
आँधीका कारण मुसलधारे पानी परेको छ भने तीव्र गतिमा हावा चलेको छ । जसका कारण जापानका अधिकांश क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । हालसम्म आँधीका कारण कम्तिमा पाँच जनाको मृत्यु भएको जनाइएको छ । हागिबिस आँधी पछिल्लो ६० वर्ष यताकै शक्तिशाली र बिनासकारी बन्न सक्ने बताइएको छ ।
हाल हागिबिस आँधी २२५ किलोमिटर प्रति घण्टाको गतिमा जापानको पूर्वी तटीय क्षेत्र तर्फ लागेको छ । आँधीको मार्गमा जापानको मुख्य आवादी क्षेत्र पर्छ । आँधीका कारण दुई लाख ७० हजार भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको जापानको सञ्चार संस्था एनएचकेले उल्लेख गरेको छ ।
आँधी अति शक्तिशाली रहेकाले ७० लाख मानिसलाई घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ । तर हालसम्म सेल्टरहरुमा बस्नेको संख्या ५० हजार मात्रै रहेको जनाइएको छ । टोकियोमा मात्रै आधा मिटरसम्म पानी पर्न सक्ने जापानको मौसम विभागले जनाएको छ । आँधीका कारण हवाई तथा स्थल यातायात सेवा बन्द भएका छन् ।
तपाई आफ्नो धारणा लेख्नुहोस् !
ताजा अपडेट
ट्रेन्डिङ
- १. लहानमा दुई अर्बको लगानीमा पाँच सय बेडको मुटु र मधुमेह रोगको अस्पताल बन्दै
- २. मधेस सरकार दलालको कब्जामा ! वडाध्यक्षको योजना पनि विक्री
- ३. गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति नभए एसइई परीक्षा प्रक्रियाबाट मधेस सरकार अलग्गिने चेतावनी
- ४. सीके राउतलाई ५ करोड रुपैया दिएको छु, हिसाब माग्दा मलाई कारबाही गरे : यादव
- ५. जनमत नेतृत्वको मधेस सरकारमा योजना खरिद विक्री- मन्त्रीको रेट ८ प्रतिशत, दलालको २० !
- ६. सीके राउतले चढ्दै आएको गाडी किन्न ७० लाख दिएको छु, त्यो गाडी फिर्ता गरोस् : सुरेन्द्र यादव