Breaking- साँसद साह पक्राउ विरुद्ध राजपाद्वारा धनुषा बन्दको आह्वान


जनकपुरधाम, २९ असोज । विमानस्थल तोडफोड आरोपमा संघीय साँसद प्रमोद साहलाई पक्राउ गरेको विरुद्ध राजपा धनुषाले जिल्ला बन्दको आह्वान गरेको छ ।

राजपा धनुषा अध्यक्ष मण्डलको बैठकले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । साँसद साह पक्राउको विरोधमा कार्तिक २ गते शनिवार धनुषा जिल्ला बन्द गर्ने निर्णय गरिएको राजपा जिल्ला संयोजक प्रमोद यादबले जानकारी दिए ।

उनका अनुसार भोली असोज ३० गते विहिवार नागरिक उड्डयन तथा पर्यटन मन्त्री योगेश भट्टराई र गृहमन्त्री रामबहादुर थापाको पुतला दहन गर्ने निर्णय भएको छ ।

यस्तै कार्तिक १ गते साँझ मशाल जुलुस निकाल्ने राजपाले जनाएको छ । साँसद साहमाथि दर्ता भएको मुद्दा फिर्ता नलिइए अझ कडा आन्दोलन गर्ने राजपा जिल्ला संयोजक यादबले जानकारी दिए ।

प्रकाशित : २०७६ आश्विन २९, बुधबार १५:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ