Breaking- धनुषाको हंसपुरमा प्रहरीले चलायो ६ राउण्ड गोली


जनकपुरधाम, १ कार्तिक। धनुषाको हंसपुरमा प्रहरीले गोली चलाएर लाखौंको तस्करीको समान बरामद गरेको छ ।

धनुषाको हंसपुर नगरपालिकामा पर्ने निकाल गाउँमा प्रहरीले ६ राउण्ड गोली चलाएको हो । तस्करले लुकाएको समान समात्न नदिन अबरोध गर्दा प्रहरीले गोली चलाएको एसपी शेखर खनालले जानकारी दिए ।

प्रहरीले त्यहाँबाट करिब २५ लाखको समान बरामद गरेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित : २०७६ कार्तिक १, शुक्रबार १६:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ