यसकारण फेर्नुपर्छ हरेकदिन पेन्टी


महिनावारी स्वास्थय व्यवस्थापनसम्बन्धी बृहत परामर्श कार्याशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ ।मेन्स्टुएक्सन विश्रामका लागि समय छैन, प्रत्येक नेपाली किशोरी महिनावारीका बेला अघि बढ्न सकुन् भनेर सुनिश्चित गरौँ विषयक उक्त गोष्ठीमा छोरी मान्छे १० बर्षदेखि १६ बर्षको हुँदा पहिलोपटक महिनावारी चक्र सुरू हुने बताइएको छ ।

कार्यक्रममा कोलम्बियाका युनिभर्सिटीकी डा. मेरनी शोभरले महिनावारी पाप नभएर पाठेघर परिपक्व हुँदै गएको र आमा बन्ने सक्षम बृद्ध भएको बताउनुभयो ।

उनले महिनावारीको बेला समाजमा खुले हिड्न आग्रह गर्दै यस्तो समयमा गुप्तांको अरु बेलामा भन्दा बढी सरसफाई गर्ने र पोषिलो खानेकुरा खान सुझाब दिनुभयो ।

काठमाडौं विशेषज्ञ डा. आभा श्रेष्ठले पाठेघरको मुख खुल्ला हुने हुँदा सरसफाईमा ध्यान दिन आग्रह गर्दै भन्नुभयो, नत्र किटाणुहरु छिरेर संक्रमण हुन सक्छ । हरेक दिन पेन्टी फेर्नुपर्छ । —एजेन्सी

प्रकाशित : २०७६ कार्तिक ३, आईतवार १७:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ