स्वास्थ्य सचिव चौधरीको राजीनामा स्वीकृत


काठमाडौं, ४ कार्तिक । स्वास्थ्य सचिव पुष्पा चौधरीले राजीनामा दिएकी छिन् । उनको आइतवार नै राजीनामा स्वीकृत भएको छ ।

रकारविरुद्ध हालेको मुद्धा फिर्ता लिएपछि उनको राजीनामा स्वीकृत भएको मन्त्रालय स्रोतको भनाइ छ । उनले गतवर्ष कार्तिकमा सरकारले गरेको सरुवा निर्णयविरुद्ध अदालतमा मुद्धा दर्ता गरेकी थिइन् ।

डा चौधरीले विश्व स्वास्थ्य संगठनमा जागिर खान सरकारी जागिरबाट राजिनामा दिएको बुझिएको छ । डा संगठनको भारतमा रहेको कार्यालयमा जागिर खान स्वास्थ्य सचिवको पदबाट राजिनामा दिएकी हुन् ।

उनी संगठनको मातृ तथा बाल स्वास्थ्यमा पि फाइब लेभलको पदमा जागिरका लागि परिक्षा र अन्तर्वाता समेत दिइसकेको स्रोतको भनाइ छ ।

प्रकाशित : २०७६ कार्तिक ४, सोमबार १०:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ