‘सरकारमा रहने र नरहने निर्णय लिनु ठूलो समस्या होइन्’यादवले भने, सरकारले संविधान संशोधनको सहमति गरेकाले हामी अझै केहि समय पर्खिन्छौ ।
जनकपुरधाम, ५ कार्तिक। समाजवादी पार्टीसित एकिकरणको प्रकृया अगाडी बढेको बेला राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका अध्यक्ष मण्डल सदस्य महेन्द्र राय यादवले पार्टी एकिकरणको बिकल्प नभएको बताएका छन् ।
‘राजपाको सांगठनिक गतिबिधि अगाडी बढन सकेको छैन्’उनले भने, नेकपा र काँग्रेससित भीड्न एकता अनिवार्य रुपमा हुनै पर्छ ।एकताको सबै प्रकृया अगाडी बढेको जनाउँदै अब बल समाजवादी पार्टीको कोर्टमा पुगेको उनले बताए ।
‘एकिकृत पार्टीको अध्यक्ष उपेन्द्र यादव हुने भएपछि एकताको जिम्मेवारीपनि उनको बढी छ’यादवले भने, अब राजपाको छुट्टै महाधिवेशन भन्दा समाजवादी पार्टीसित एकताको महाधिवेशन गर्नुपर्छ ।
राजपा अध्यक्ष मण्डलका सदस्यहरुमा एकिकरणको विषयमा खासै विवाद नरहेको उनले बताए ।‘समाजवादी पार्टी सरकारमा रहेर एकिकरण हुने अथवा सरकारबाट हटेर त्यो महत्वपूर्ण विषय हो’ उनले भने, महत्वपूर्ण जिम्मेवारी लिने नेताले उदारतापूर्वक अघि बढनु पर्छ ।
पार्टी एकिकरणका लागि निरन्तर छलफल भइरहेको र सहमति नजिक पुगेको समाजवादी पार्टीका महासचिव रामसहाय यादवले पनि बताए ।‘अधिकांश विषयमा सहमति नजिक पुगेका छौ’ उनले भने, तर केहि विषयहरु अझै मिल्न बाँकी छ ।
‘सरकारमा रहने र नरहने निर्णय लिनु ठूलो समस्या होइन्’यादवले भने, सरकारले संविधान संशोधनको सहमति गरेकाले हामी अझै केहि समय पर्खिन्छौ ।‘सरकारबाट सहमति कार्यान्वयन नभए कुनैपनि बेला सरकार छाडन् सक्छौ’उनले भने, सरकार छोड्ने त हाम्रो हातमा छ ।
तर पार्टी एकिकरणको विषयमा राजपाका अध्यक्ष मण्डलका सदस्यहरु कयौं सवालमा एकमत हुन सकेका छैनन् ।खासगरि राजकिसोर यादव र अनिल झाले आफ्नो भविष्य एकिकरणमा सुरक्षित देखिरहेका छैनन् ।कतिपयले झा समाजवादी पार्टीसितको एकिकरणको विपक्षमा रहेको बताउँछन् ।एकताको विपक्षमा अनेक भाँजो हाल्ने गरेको आरोप झामाथि लाग्दै आएकोछ ।राजपा उच्चस्रोतहरुका अनुसार समाजवादी पार्टी भन्दा झाको रोजाइ सत्तारुढ नेकपा हुन सक्छ ।
समाजवादीको केन्द्रिय समितिको कात्तिक २८ र संघिय परिषदको २९ गते बैठक बोलाइएको छ ।बैठकको एजेण्डा तय भइनसकेपनि राजपासित त्यस अगावै सहमतिमा पुगेर बैठकमा एजेण्डा जान सक्ने महासचिव यादवले बताए ।समाजवादीमा केन्द्रिय समितिको अध्यक्ष उपेन्द्र यादव र संघिय परिषदको अध्यक्ष डा.बाबुराम भट्टराई रहेका छन् ।
राजपाको तर्फबाट एकिकरणको जिम्मेवारी पाएका राजेन्द्र महतोले पार्टी एकिकरणको प्रकृया सकारात्मक रुपमा अगाडी बढेको बताउँदै आएका छन् ।तर महतो र झाबीच एकिकरणको विषयमा चर्काचर्की भएको बताइन्छ ।-आजको जनकपुर टुडेमा यो खबर छापिएको छ ।