पर्साबाट दुई जना फरार प्रतिवादी पक्राउ


विरगंज, ५ कार्तिक। पर्सा प्रहरीले दुई जना फरार प्रतिवादीलाई वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-२ वस्ने ५४ वर्षीय नाजिर मिया अन्सारी र वडा नम्बर ३ वस्ने ४९ वर्षीय नुरहोदा अन्सारी रहेका छन् ।

नाजिर मियालाई पर्सा जिल्ला अदालतले २०६४ साल साउन ३० गते अंश मुद्दामा ५ सय जरिवाना सुनाएको थियो भने नुरहोदालाई २०७६ साल बैशाख ६ गते लेनदेन मुद्दामा ३ महिना कैद सजाय सुनाएको थियो ।

आफ्नै गाउँ-घरमा लुकिछिपि बस्दै गरेको अवस्थामा दुबै जनालाई सोमबार पक्राउ गरी जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ कार्तिक ५, मंगलवार १२:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ