प्रहरी जवान चौधरी ५ हजार घुससहित रंगेहात पक्राउ


कञ्चनपुर, ६ कार्तिक । कञ्चनपुरमा सेवाग्राहीबाट लिएको पाँच हजार घुस सहित एकजना प्रहरी जवान पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले पश्चिमी सीमा नाका गड्डाचौकीबाट सेवाग्राहीबाट लिएको घुस रकम सहित प्रहरी जवान दिपक चौधरीलाई पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता टोपबहादुर विष्टले ईलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान चौधरीलाई घुस रकम सहित रंगेहात पक्राउ गरिएको जानकारी दिए ।

प्रवक्ता विष्टले भारतबाट ल्याउने सामानमा भन्सार मिलाईदिने भन्दै सेवाग्राहीबाट प्रहरी जवान चौधरी घुस लिएको समेत बताए । पक्राउ परेका प्रहरी जवान चौधरीमाथि कारबाही प्रक्रिया अगाडी बढाएको उनको भनाई छ ।

प्रकाशित : २०७६ कार्तिक ६, बुधबार १२:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ