सिरहाबाट लागुऔषधसहित एक जना पक्राउ


लहान, ७ कार्तिक। ठूलो परिमाणमा लागुऔषधसहित सशस्त्र प्रहरीले सिरहा नगरपालिका– १७ पटेर्वाबाट एक जनालाई पक्राउ गरेको छ ।

भारतीय बजारबाट स.१०प. ६८९७ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकलमा सिरहातर्फ जादैं गरेका उदयपुरको कटारी नगरपालिका-३ का ४५ वर्षीय विजेन्द्र तामाङलाई लागुऔषसहित पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङको साथबाट लागुऔषध कोरेक्स ९० बोतल बरामद भएको सशस्त्र प्रहरी बल सिरहाका सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दाहालले जानकारी दिनुभयो ।

प्रकाशित : २०७६ कार्तिक ७, बिहीबार ०४:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ