पूर्वसभासद कमला सुवेदीको निधन

काठमाडौं, ९ कार्तिक । पूर्वसभासद कमला सुवेदीको ५० बर्षको उमेरमा निधन भएको छ । तत्कालीन नेकपा (एमाले) को केन्द्रीय सदस्यसमेत रहेकी सुवेदीको ब्रेन ट्युमरका कारण निधन भएको बताईएको छ । शनिबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको नेकपाले जनाएको छ।

सुवेदीको पार्थिव शरिरमा नेकपाका नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका छन्। महासचिव विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहरालगायतका नेता कार्यकर्ता पनि सुवेदीलाई अन्तिम श्रद्धाञ्जति दिन हरु आर्यघाट पुगेका थिए। रामेछापको बाबियाखर्क माइती र मन्थली नगरपालिका– १ घर भएकी सुवेदीका श्रीमान्, एक छोरी, एक छोरा छन्।

तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत रहेकी सुवेदीको ५० वर्षको उमेरमा ब्रेन ट्युमरको कारण निधन भएको हो। शनिबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको नेकपाले जनाएको छ।

सुवेदीको पार्थिव शरिरमा नेकपाका नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका छन्। महासचिव विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहरालगायतका नेता कार्यकर्ता पनि सुवेदीलाई अन्तिम श्रद्धाञ्जति दिन हरु आर्यघाट पुगेका थिए। रामेछापको बाबियाखर्क माइती र मन्थली नगरपालिका– १ घर भएकी सुवेदीका श्रीमान्, एक छोरी, एक छोरा छन्।

प्रकाशित : २०७६ कार्तिक ९, शनिबार ०५:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !

ताजा अपडेट

ट्रेन्डिङ