घूससहित इञ्जिनीयर पक्राउ


कात्तिक ९, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले करारमा कार्यरत सब–इञ्जिनीयर सहित दुई जनालाई पक्राउ गरेको छ । अख्तियारको टोलिले सब–इञ्जिनीयर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई घूससहित रंगेहात पक्राउ गरेको हो ।

शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवल रुपन्देहीमा कार्यरत सब–इञ्जिनीयर पौडेलले विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ताबापतको बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा विभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक–पटक घूस माग गरिरहेको भन्ने उजुरीका आधारमा पौडेल र रकम लिन मतियारका रुपमा प्रयोग गरिएका डोजर चालक बस्नेतलाई सेवाग्राहीबाट लिएको रू.१ लाख २० हजारसहित पक्राउ गरिएको आयोगको केन्द्रीय कार्यालयले बताएको छ ।

आयोगले दुवै अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित : २०७६ कार्तिक ९, शनिबार ०५:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ