दीपावली गर्ने क्रममा आगलागी हुँदा ४ वर्षीय बालकको मृत्यु


विराटनगर, ११ कार्तिक। दीपावली गर्ने क्रममा आइतबार राति भएको आगलागीमा परेर मोरङमा एक बालकको ज्यान गएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–५ स्थित युवराज गिरीका ४ वर्षीय छोरा युसन गिरीको आगलागीमा परेर ज्यान गएको हो । दीपावली गर्ने क्रममा लागेको आगोमा परेर घर भित्र सुतिरहेका ४ वर्षीय युसनको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले आगलागीबाट ६० हजार नगद, सुन–चाँदीका गरगहना, लत्ता–कपडा समेत जलेर नस्ट भएको जनाएको छ ।

प्रकाशित : २०७६ कार्तिक ११, सोमबार ०४:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ