बाराबाट ६ जना जुवाडे पक्राउ


कलैया, १२ कार्तिक। बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ६ बेलहियाबाट जुवाको खालबाट नगद सहित ६ जनालाई प्रहरीले पक्राँउ गरेका छन् ।

पक्राँउ पर्नेहरुमा सोहि ठाँउ निवासी दिनानाथ प्रसाद तेली, मातिलाल ठाकुर, पनालाल साह, किरण कुमार कहार, अजय कुमार कहार र रामएकवाल साह तेली रहेको प्रहरी प्रवता रंजित सिह राठौरले जानकारी दिनुभयो ।

बिशेष सुचनाको अधारमा प्रहरीले पनालाल साहको गोठमा छापामारी गर्दा ७ हजार ५ सय ५० रुपैया नगद र १६ थान कौडा बरामद गरिएको प्रवक्ता राठौरले भन्नुभयो ।

पक्राँउ परेका ती सबैलाई जुवा ऐन अन्तरगत मुद्धा चलाउने प्रहरी प्रवतmा राठौरले बताउनुभयो ।

प्रकाशित : २०७६ कार्तिक १२, मंगलवार ०२:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ