बसले मोटरसाइकललाई ठक्कर दियो, दुई जनाको मृत्यु


नवलपरासी, १२ कार्तिक । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–९ थुम्सीमा बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

गैडाकोट प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ आउँदै गरेको ना ५ ख ६६३७ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको ना १० प ६५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गैडाकोट–७ बस्ने बर्ष २४ का प्रकाश सापकोटा र मोटसाइकलमा सवार २५ बर्षका सन्तोष जिसीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते दुवैको पुरानो मोडिकल कलेज चितवनमा उपचारको क्रममा निधन भएको हो ।

प्रकाशित : २०७६ कार्तिक १२, मंगलवार ११:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ