सिरहाको औरहीबाट ४५ हजारको पटाका सशस्त्र प्रहरीद्वारा बरामद


मुकेश यादव, सिरहा, १२ कार्तिक । सिरहाको औरही गाउँपालिका ५ बाट प्रहरीले ४५ हजार बराबरको पटाका बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी कार्यालय ईटाटारबाट खटिएको सशस्त्र प्रहरीको टोलीले औरही गाउँपालिका ५ स्थित गागन नदिबाट पटाका बरामद गरेको हो । बरामद गरिएको पटाका करिब ४५ हजार बराबरको रहेको सशस्त्र प्रहरीका ईन्सपेक्टर देबिन्द्र रोकाले जानकारी दिए ।

भारतबाट अवैध रुपमा पटाका भित्र्याएर गागन नदीमा लुकाएको सूचना पाएपछि त्यहाँ पुगेर बरामद गरिएको ईन्सपेक्टर रोकाले बताए । बरामद गरिएको पटाका समाजसेवी र पत्रकारको रोहबरमा नष्ट गरिएको छ ।

प्रकाशित : २०७६ कार्तिक १२, मंगलवार १४:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ