म्यान्चेष्ट सिटी कारबाओ कपको क्वार्टर फाइनलमा


काठमाडौं,१३ कार्तिक। डिफेन्डिङ च्याम्पियन म्यान्चेष्ट सिटी कारबाओ कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा साउथह्याम्टनलाई ३–१ ले हराउँदै सिटी अन्तिम ८ मा स्थान बनाउन सफल भएको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अगुएरोले दुई गोल गरे । २०औं मिनेटमा निकोलास ओटामेन्डीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा अगुएरोले गोल गर्दै सिटीको अग्रता २–० मा लम्ब्याए । ५६औं मिनेटमा अयुएरोले अर्को गोल गरेपछि सिटीले ३–० को अग्रता लियो ।

७५औं मिनेटमा साउथह्याम्टनका ज्याक स्टेफेन्सले गोल गरेर सिटीको अग्रता ३–१ मा छोट्याए । यस्तै गएराति नै भएका अन्य खेलमा लेस्टर सिटी र एभर्टन पनि क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

यसैबीच रियल भालाडोलिडलाई ५–० ले हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा कायम रहन सफल भएको छ ।गएराति क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाका लागि लियोनल मेस्सीले दुई गोल गरे ।जितसँगै बार्सिलोना शीर्ष स्थानमा पकड जमाउन सफल भएको छ । १० खेलबाट उसले २२ अंक बनाएको छ ।

प्रकाशित : २०७६ कार्तिक १३, बुधबार ०१:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ