मलेठ घटनामा प्रधानमन्त्री ओलीलाई नै हतकडी लाग्छ : मन्त्री यादब


सन्तोष यादब/ जनकपुरधाम, १३ कार्तिक । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबले सप्तरीको मलेठ घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै हतकडी लाग्ने बताएका छन् ।

सिरहाको सखुवा ननकारकट्टी गाउँपालिकामा पार्टी समायोजना सभालाई सम्बोधन गर्दै मन्त्री यादबले मलेठ घटनामा प्रधानमन्त्री ओलीसँगै, नेता माधव नेपाल र लालबाबु पण्डित दोषी रहेको दावी गरेका हुन् । उनले मलेठ घटनाको छानविन प्रतिवेदन चाँडै सार्वजनिक हुने समेत बताए । उनले काँग्रेस र नेकपाका केहि नेता गौर घटनामा उपेन्द्र यादबलाई जेल पठाउने ध्वाँस देखाउनु भनेको बच्चालाई भुत देखाएर डराउनु जस्तै भएको टिप्पणी गरे ।

समाजवादी पार्टीका केन्द्रिय कोषाध्यक्ष समेत रहेका मन्त्री यादबले मलेठ घटनाको छानविनका लागि प्रदेश सरकारले गठन गरेको छानविन समितिले प्रतिवेदन तयार गरिसकेको र सरकारलाई बुझाउने तयारी गरेको पनि बताए । उनले गौर घटनाको निष्पक्ष छानविनका लागि समाजवादी पार्टी तयार रहेको भन्दै मलेठ घटनाको पनि निष्पक्ष छानविन हुनुपर्ने र दोषीमाथि कानून बमोजिम कारबाही हुनुपर्ने बताए ।

एक फरक प्रसँगमा मन्त्री यादबले नेकपा अध्यक्षद्धय ओली, प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा संविधान संशोधन गर्न तयार नभए पतन हुने समेत समेत बताएका छन् ।

प्रकाशित : २०७६ कार्तिक १३, बुधबार १५:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ