महराको थुनछेक बहस सुरु, आज रिहा हुने सम्भावना कति ?


काठमाडौं, १५ कार्तिक । बलात्कारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ। शुक्रबार काठमाडौंको बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा निवर्तमान सभामुख महराको थुनछेक बहस सुरु भएको हो ।

महरामाथि संसदसचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई सरकारी वकीलको कार्यालय, काठमाडौंले गत बिहीबार (हिजो) बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

अहिले जिल्ला अदालत काठमाडौंमा महरालाई उपस्थित गराएर न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासमा थुनछेकको बहस सुरु भएको छ । थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान गर्नै अदालतले फैसला गर्नेछ ।

प्रकाशित : २०७६ कार्तिक १५, शुक्रबार ०७:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ