प्रधानमन्त्रीका सुरक्षागार्ड जुवाखालबाट पक्राउ, १ लाख ५९ हजार बरामद


काठमाडौं, १६ कार्तिक । नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीसहित ८ जना जुवाखालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग गोंगबुद्वारा काठमाडौँको नयाँ बसपार्कबाट उनी पक्राउ परेका हुन् ।

मेजर शाहीले आफु प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा गार्ड रहेको वयान दिएको प्रहरी श्रोतको भनाइ छ । पक्राउ पर्नेहरूमा मेजर राजेन्द्र शाही, बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणा रहेका छन् ।

जुवाखालमा उनीहरुको साथबाट १ लाख ५९ हजार रुपैयाँ बरामद गरिएको छ ।

प्रकाशित : २०७६ कार्तिक १६, शनिबार ०१:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ