धनुषामा छठ ब्रतालु दलित महिलालाई साडी र बालबालिकालाई लुगा सहयोग


जनकपुरधाम, १६ कार्तिक । असहाय संरक्षण मन्च नेपालको आयोजनामा खजुरी चन्हाको मुसहर वस्तिमा छठ पुजाआजा गर्ने ब्रतालु महिलाहरुलाई साडी र १० बर्ष मुनिका वालवालिकाहरुलाई लुगाफाटा वितरण गरिएका छन ।

कार्यक्रमका प्रमुख अतिथि धनुषाका सिडिओ प्रदीपराज कनेलले बिध्यालयको पर्खाल झरेर मृत्यु भएका वालिका चन्चला सदालाई नगद १ लाख राहत उपलब्ध गराउने घोषणा गरे । यसतै समाजिक सन्जालको प्रयोग गर्ने तरिका एव बिधुतिए एेन सम्बन्धी जानकारी गराए । पुरानो जीवन शैली अत्यधिक मदिरा प्रयोग गर्ने बानी बाट आधुनिक जीवन शैलीमा फर्किन मुशहर समुदाईलाई सुझाएका छन।

सशस्त्रका एसपी राजेश उप्रेती मुसहर वस्तिमा पुगि ससस्त्र प्रहरी बाट हुने सहयोग गर्छु भन्दै आफ्नो सम्पर्क नम्बर दिदैं वर्तालुहरुलाई शुभकामना सन्देश दिए । मन्चका अध्यक्ष एव सेवक बैधनाथ साहले खजुरी गाउमा पटक पटक आएर सेवा र सहयोग गर्छु भन्दै छैठ पर्व गर्ने वर्तालुहरुलाई शुभकामना समेत प्रवाह गरेका छन् ।

प्रकाशित : २०७६ कार्तिक १६, शनिबार १०:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ