राजपाद्वारा छठ पर्वको शुभकामना


जनकपुरधाम, १६ कार्तिक। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले छठ पर्वका अवसरमा शुभकामना दिँदै मुलुकको दिगो विकास, प्रगति र समृद्धिको बाटोमा अग्रसर हुन सबैमा प्रेरणा मिलोस् भनी कामना गरेको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरेर छठको अवसरमा मुलुकका विद्यमान सारा राजनीतिक समस्याको समाधान भई आर्थिक समृद्धिको यात्रालाई सार्थक बनाउन सबैको ध्यान जानुपर्नेमा जोड दिनुभएको छ ।

राजपाले छठका अवसरमा विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपाली तथा मानव जातिको कल्याण तथा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामनासमेत व्यक्त गरेको छ ।

प्रकाशित : २०७६ कार्तिक १६, शनिबार १३:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ