उदाउँदो सूर्यलाई अर्घ दिइयो, मधेसको महापर्व छठ सम्पन्न


जनकपुरधाम, १७ कार्तिक । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ सम्पन्न भएको छ । आज विहान ब्रतालुहरुले श्रद्धापुर्वक उदाउँदो सूर्यलाई अर्घ दिएसँगै विधिवध रूपमा यो पर्व सम्पन्न भएको हो ।

चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथों दिन अस्ताउदो सुर्यलाई अर्घ दिने चलन छ ।

तराई मधेसका नदि, तलाव तथा पाेखरीमा झकिझकाउ घाट निर्माण गरी ब्रतालुहरुले सूर्यदेवको आराधना र उपासना गर्न गरेका छन् । सन्तान प्राप्तिका साथै सुख र शान्तिका लागि छठ पर्व मनाउने चलन छ । यो सद्भावको पर्व पनि हो ।

प्रकाशित : २०७६ कार्तिक १७, आईतवार ००:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ