सुनकोसी बस खस्यो : मृतकको संख्या १७ पुग्यो, ४६ जनाको उद्धार


सिन्धुपाल्चोक, १७ कात्तिक । सुनकोसी नदीमा बस खसेर भएको दुर्घटनामा मृतकको संख्या १७ पुगेको छ। ४६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका ४६ जनालाई काभ्रेको धुलिखेल अस्पतालमा उपचारको लागि ल्याइएको छ ।

बसका चालक धनबहादुर तामाङलाई पनि खाडीचौर अस्पतालबाट धुलिखेल नै रिफर गरिएको छ। खाडीचौरमा उपचार गराइराखेका चालक बोल्नसमेत नसक्ने अवस्थामा रहेकाले उनलाई थप उपचारका लागि धुलिखेल रिफर गरिएको हो । घाइतेमध्ये अन्य छजना गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अझै खोजी तथा उद्धार जारी रहेको डिएसपी माधव काफ्लेले जानकारी दिए। उद्धार कार्य जारी रहेकाले घटनाको विस्तृत विवरण आइनसकेको उनले बताए । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोसीमा खसेको थियो। – थाहा खबर

प्रकाशित : २०७६ कार्तिक १७, आईतवार ११:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ