व्यस्त राजमार्गको पुलमा बम भेट्यो !


नवलपरासी, १८ कार्तिक । महेन्द्रराजमार्ग अन्तरगत कावासोती नारायणगढ सडक खण्डको लोकाह पुलमा बम फेला परेको छ । बम जस्तै देखिने बस्तु भेटिएपछि राजमार्ग अवरुद्ध बनेको हो ।

लोकाह पुलको दायाँ उत्तरतर्फको ग्याबिनमा रातो कपडामा बेरेर तार बाहिर निकालिएको अवस्था शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ । उनका अनुसार बम हो वा होइन् भन्ने कुरा सेनाको डिस्पोजल टोली आएपछि मात्र यकिन हुन्छ ।

अहिले उक्त शंकास्पद बस्तु रहेको ठाउँलाई प्रहरीले घेरा हालेर बसेको छ । नेपाली सेनाको टोली घटनातर्फ प्रस्तान गरेको बताइएको छ ।

प्रकाशित : २०७६ कार्तिक १८, सोमबार ०८:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ