जिउँदै जलाएको अभियाग पूर्व साँसद आलमविरुद्ध अदालतमा दर्ता, कति वर्ष कैदको माग ?


रौतहट, १८ कार्तिक । नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालतमा आज अभियोगपत्र दर्ता गरेको छ ।

त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँको हत्या कसुरमा आलमलाई २५ वर्ष जेल, बम विष्फोटमा घाइते भएर बाँचेका सर्लाहीका सखी मोहम्मदको केसमा ज्यान मार्ने कसुरअन्तर्गत १० वर्ष जेल र विष्फोटक पदार्थ बनाएको कसुरमा पनि १० वर्ष जेल सजायसहितको अभियोगपत्र दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले जनाएको छ ।

कार्यालयले आलमविरुद्ध विस्फोटक पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसूरमा कारबाही गर्न माग गर्दै अभियोगपत्र दायर गरेको हो । सरकारी वकिल कार्यालयले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंहर साहसमेत विरुद्ध अभियोगपत्र दायर गरेको कार्यलयले जनाएको छ ।

पहिलो संविधानसभा चुनावताका २७ चैतमा रौतहट क्षेत्रनम्बर २ बाट कांग्रेस उम्मेदवार आलमले मतदानस्थललाई प्रभावित पार्ने उनको योजनाअनुसार गोठमा बम बनाउँदाबनाउँदै विष्फोट भएको थियो ।

सो विस्फोटमा परी घाइते भएका व्यक्तिलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोग आलममाथि लागेको छ । पीडित परिवारले आलमविरुद्ध किटानी जाहेरी दिएपछि गत असोज २६ गते आलम पक्राउ परेका थिए ।

प्रकाशित : २०७६ कार्तिक १८, सोमबार १०:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ