प्रदेश ५ को प्रमुखमा सिरहाका धर्मनाथ यादब, को हुन् यादब ?


जनकपुरधाम, १८ कार्तिक । सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । प्रदेश ५ को प्रमुखमा सिरहाका धर्मनाथ यादब सिफारिस भएका हुन् ।

को हुन् धर्मनाथ यादब ?

धर्मनाथ यादव स्यादव नेकपाका सादगी नेता हुन् । लामो समय शिक्षण पेशा अंगालेका यादव २०४८ सालको चुनावमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए ।

‘उहाँ सादा जीवन, उच्च विचार राख्ने नेता हो । २०४८ सालमा मसँग पराजित हुनुभएको थियो । मैले कदर गर्ने नेता हो,’ अहिले नेकपाका तर्फबाट सिराहा २ का सांसद समेत रहेका सुरेशचन्द्र दाश स्मरण गर्छन् ।

आर्थिक अभावका कारण त्यसपछि उनी चुनावमा उम्मेदवार बनेनन् ।

२०७३ सालमा नेकपा एमालेले गरेको पूर्व पश्चिम जागरण अभियानको क्रममा झापामा स्थायी समितिको बैठक राखेर यादवलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । – लोकान्तर

प्रकाशित : २०७६ कार्तिक १८, सोमबार ११:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ