नवनियुक्त सातै प्रदेशका प्रमुखले लिए सपथ


काठमाडौं, १९ कार्तिक । नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा सबै प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिशमा चितवनका अमिक शेरचन (गण्डकी प्रदेश), कास्कीका सोमनाथ अधिकारी (प्रदेश १), बाँकेका तिलक परियार (प्रदेश २), सिरहाका धर्मनाथ यादव (प्रदेश ५), झापाका विष्णु प्रसाई (प्रदेश ३), डडेल्धुराका गोविन्द कलौनी (कर्णाली प्रदेश) र चितवनकी शर्मिला त्रिपाठी (सुदूरपश्चिम प्रदेश) लाई राष्ट्रपति भण्डारीले हिजो नियुक्त गरेकी हुन् ।

हिजो नेकपाको सिफारिसमा सातै जनाको नाम प्रदेश प्रमुखमा सिफारिस गरेको थियो । नाम प्राप्त भएपछि मंत्रिपरिषदको बैठक बसेर स्वीकृत गरी नियुक्तिका लागि राष्ट्रपति समक्ष पठाइयो । त्यसपछि राष्ट्रपति भण्डारीले नियुक्ति पश्चात शपथ ग्रहण गराएकी छन् ।

प्रकाशित : २०७६ कार्तिक १९, मंगलवार ०४:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ