प्रमुख सचेतक अरगरियाले गरे सलहेश मन्दिर शिलान्यास


जनकपुरधाम, १९ कार्तिक । समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले धनुषाको शहिदनगर नगरपालिकामा सलहेश मन्दिरको शिलान्यास गरेका छन् ।

धनुषा क्षेत्र नम्बर २ का साँसद समेत रहेका सचेतक अरगरियाले शहिद नगरपालिका ४ स्थित एक कार्यक्रमबीच सलहेश मन्दिरको शिलान्यास गरेका हुन् । उनले संसदीय विकास कोषको रकमले मन्दिर निर्माण गर्ने बताए ।

उनले बजेटमा अनियमितता नगरी ईमान्दारिता पुर्वक काम गर्न आग्रह गरे । उनले भने, ‘म भ्रष्टाचारको विरोधी हुँ । मलाई एक पैसा चाहिदैन । तपाईहरु पनि पारदर्शी रूपमा काम गर्नुहोला ।’

प्रकाशित : २०७६ कार्तिक १९, मंगलवार १०:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ