उपनिर्वाचनमा समाजवादीसँग राजपाले तालमेल गर्न तयार


काठमाडौं, १९ कार्तिक । राष्ट्रिय जनता पार्टीले उपनिर्वाचनमा समाजवादी पार्टीसँग तालमेलको पहल गर्ने भएको छ ।

‘२०७६ मंसिर १४ गते हुने विभिन्न तहको उपनिर्वाचनमा दिइने उम्मेदवारीको सम्बन्धमा निर्णय गर्नुपर्ने भएकाले उक्त निर्णय गर्नुभन्दा पूर्व समाजवादी पार्टीसँग अबिलम्ब वार्ता गरी तालमेल गर्न पहल गर्ने निर्णय गरियो’, मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

पछिल्लो समय यी दुई पार्टी एकताको प्रयासमा समेत छन् ।

त्यस्तै, राजपा नेपालको तदर्थ समिति गठन निर्देशिका २०७६ को दफा ६ (ग) मा संशोधन गरी वाक्यको अन्त्यमा ‘प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति बढीमा ७१ सदस्यीय हुनेछ’ भनी थप्ने निर्णय समेत गरिएको छ ।

प्रकाशित : २०७६ कार्तिक १९, मंगलवार १२:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ