लहानमा स्याल आतंक : एकैदिन १६ जनालाई टोक्यो, सबै अस्पताल भर्ना !


महेश सिंह/ सिरहा, १९ कार्तिक । सिरहाको लहान नगरपालीका ४ मा स्यालले आतंक मच्चाएको छ । स्यालले एकै दिन १६ जनालाई टोकेको हो ।

स्यालले एकै दिन १६ जनालाई टोकेपछि स्थानीय त्रसित बनेका छन् । सिरहा र सप्तरीको सिमाना पर्ने बलान खोलाको शिशुगारीबाट निस्केको बाउला स्यालले लहान नगरपालीका ४ कुम्हाल टोलमा आतंक मच्चाएको स्थानीय भुला पासवानले जानकारी दिए ।

सेतो रंगको बाउला स्यालले टोकेपछी दर्जनौं महिला र पुरुष घाइते भएका छन् । घाइते हुनेहरुमा ७० वर्षिय रामबालक पण्डित, ४५ वर्षिय सोनाई मेस्तर, ५ वर्षिय मो. रेहान , ५५ वर्षिय गुलाब देबि महतो घाइते भएका छन् । यस्तै संन्जुदेवी महतो, प्रदीप महतो, सुरज कुमार दास, नन्दनी मेस्तर, रबिना कुमारी मेस्तर, संजीव कुमार दास लगायतलाई पनिटोकेको वडा अध्यक्ष रामनाथ पण्डितले बताए ।

ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेशराज रिजाल र सशस्त्र क्यामप लहानका सशस्त्रका डिएसपी अर्जुण सापकोटा सूचना पाएलगत्तै घटना स्थल पुगेका थिए । घाइते सबै जनाको लहान अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित : २०७६ कार्तिक १९, मंगलवार १४:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ