धनुषाको विदेह नगरपालिकामा प्रधानाध्यापक झा विद्यार्थीबाटै कुटिए


जनकपुरधाम, २० कार्तिक । धनुषाको विदेह नगरपालिका ८ स्थित प्राथमिक विद्यालयका प्रधानाध्यापक धनन्जय झा विद्यार्थीबाटै कुटिएका छन् । प्रअ झालाई मंगलवार दिउँसो विद्यार्थीहरुको एक समूहले कुटपिट गरेका हुन् ।

कक्षा ८ को रजिस्टे«शन फारमका लागि अन्य विद्यालयभन्दा बढी रकम असुलिरहेको र छात्रबृत्ति समेत नबाडेको भन्दै आक्रोसित विद्यार्थीहरुले प्रअ झालाई घेरेर अफिसमै कुटपिट गरेका छन् । विद्यार्थीहरुले आफूलाई हातपात गरेको प्रअ झाले स्वयंम स्वकारे । तर गाउँकै एक शिक्षकले आफू प्रधानाध्यापक बन्नका लागि विद्यार्थीलाई उस्काएर हातपात गर्न लगाएको दावी गरे ।

एक विद्यार्थीका अनुसार छात्रबृतिको रकम नबाँडेको र रजिस्ट्रेशन शुल्क बढी लिन लागेकाले आक्रोसित भएर विद्यार्थीहरु प्रअ झालाई कुटपिट गरेका छन् । पछि उनले छात्रबृति चाँडै बाड्ने र रजिस्ट्रेशन शुल्क घटाउने प्रतिवद्धता जनाएको ति विद्यार्थीले सुनाए ।

यता प्रअ झाले पनि पहिले रजिस्ट्रेशन शुल्क ८ सय कायम गरिएको भन्दै अब घटाएर ५ सय ३० रुपैया राखेको बताए । उनले २०७५/०७६ को छात्रबृत्ति रकम बाड्न नसकिएको र चाँडै वितरण गर्ने समेत बताए । उनले भने– विद्यालयको आर्थिक अवस्था कमजोर छ । त्यसैले अलि बढी शुल्क लिने निर्णय लिएका थियौं ।

विद्यार्थीहरु आन्दोलन गरेका कारण मंगलवार पठनपाठन समेत प्रभावित बन्यो । विद्यार्थी र प्रअ झाबीच विवाद हुँदा ठूलो भिड जम्मा भएको थियो । छात्रबृत्ति रकम चाँडै वितरण नगरे पुनः आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । उनीहरुले विद्यालयमा तालाबन्दी समेत गरेका थिए ।

प्रकाशित : २०७६ कार्तिक २०, बुधबार ०३:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ