प्रदेश २ प्रमुख परियार जनकपुर आउदै


जनकपुरधाम, २० कार्तिक । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार आज जनकपुर आउदैछन् । काठमाण्डौंबाट पहिलो फ्लाइटमा प्रमुख परियार जनकपुर आउन लागेका हुन् ।

काठमाण्डौंबाट बुद्ध एयरको फ्लाइट पोने ९ बजे नै रहेको छ । तर जनकपुर विमानस्थलमा कुहिरो लागेका कारण जहाज उडान भर्न सकेका छैन । करिब ११ बजेसम्ममा काठमाण्डौंबाट जहाज उडने जनकपुर एयरपोर्टका एक कर्मचारीले बताए ।

जनकपुर एयरपोर्टमा प्रमुख परियारलाई स्वागत गर्ने नेकपाका नेताहरू पुगिसकेका छन । उनलाई मधेस भवनमा प्रदेश २ का मंत्री तथा साँसदहरू स्वागत गर्नेछन् । त्यसपछि उनले पदभार ग्रहण गरेका छन् ।

प्रकाशित : २०७६ कार्तिक २०, बुधबार ०४:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ