नवनियुक्त प्रदेश २ प्रमुख परियारद्वारा पदभार ग्रहण, उपेन्द्र यादबले पनि गरे स्वागत


जनकपुरधाम, २० कार्तिक । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियार आज जनकपुर आइपुगेका छन् । आज विहान १० बजेर २५ मिनेटमा मा वुद्ध एयरबाट जनकपुर आइपुगेका हुन् ।

प्रमुख परियारलाई समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव, मुख्यमन्त्री लालबाबु राउत र नेकपाका नेता तथा कार्यकर्ता स्वागत गरेका छन् । उप्रधानमन्त्री यादवले प्रमुख परियारलाई भने, ‘स्वागत छ मिथिला नगरीमा ।’

हिजो जनकपुर आएका उपप्रधानमन्त्री यादव काठमाडौं जान लागेका बेला एयरपोर्टको भिआइपी कक्षमा भेट हुँदा प्रमुख परियारलाई स्वागत गरे। तर प्रदेश प्रमुखको नियुक्तिबाट उपप्रधानमन्त्री यादवले असन्तुष्टी पोखेका छन् ।

विमानस्थलबाट सिधा मधेस भवन प्रदेश प्रमुखको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका थिए ।

प्रकाशित : २०७६ कार्तिक २०, बुधबार ०९:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ