पर्सा प्रहरीले गोली हानेर समाते अपहरणकारी, बालकको सकुशल उद्धार


वीरगन्ज, २० कार्तिक । बालक अपहरण गरेकोे आरोपमा बीरगञ्ज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पोखरीया नगरपालिका–८ का राजकुमार दास छन् ।

उनलाई बालक अपहरण गर्ने क्रममा प्रहरीले दाहिने खुट्टामा गोली हानी नियन्त्रणमा लिएको थियो । प्रहरीले खुट्टामा गोली हानेर अपहरित बालकको सकुशल उद्धार गरेको छ । गएराति सिर्सिया खाल्वाटोलामा प्रहरीले अपहरणकारीको पञ्जाबाट बालकलाई उद्धार गरेको हो ।

काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले दासलाई गोली हानी नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका अपहरणकारीको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : २०७६ कार्तिक २०, बुधबार ०९:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ