प्रदेश २ का मन्त्री साहले भने–महिलाकै लागि पुरुषले पनि गोरुजस्तो काम गर्छन्


जनकपुरधाम, २० कात्तिक । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले लैंगिक हिंसा विस्तारै घट्दै गएको बताएका छन् ।

लैंगिक हिंसा अन्त्यका लागि पुरुष सहभागिता तथा बाल संरक्षणमा स्थानीय तहको नीति तथा कार्यक्रम सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न लागेको बताए । उनले महिलाकै लागि पुरुष पनि गोरुजस्तो काम गरेर जीवन दिने गरेको बताए। मन्त्री साहले हसुली र कानमा लगाउने झुम्का लगाएर पुरुष हिँड्दैन भन्दै महिलाकै लागि जम्मा गर्ने गरेको बताए ।

उनले मालपोतमा रजिस्ट्रेशन गराउँदा पुरुषलाई १ हजार लाग्ने ठाउँमा महिलालाई मात्र ६ सय रुपैयाँ लाग्ने गरेको समेत बताए। वास्तवमा जमानादेखि पितृसतात्मक सोचका कारण पुरुषले बढी अधिकार पाएको भन्दै अब अधिकार विस्तारै ट्रान्सफर भइरहेको बताए ।

अन्तरक्रियामा स्थानीय तहका उपमेयर र बाल क्लवका प्रतिनिधिको सहभागिता रहेको थियो । उनीहरूले प्रदेश सरकारले बेटी बचाउ, बेटी पढाउ अभियानअन्तर्गत छात्रालाई वितरण गरिरहेको साइकलको दुरुपयोग भइरहेको गुनासो गरेका थिए । – thahakhabar

प्रकाशित : २०७६ कार्तिक २०, बुधबार १७:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ