सिरहा प्रहरीद्वारा अवैध गाँजा खेती नष्ट


लहान , २१ कार्तिक । सिरहा प्रहरीले ठुलो परिमाणमा गाँजा खेती नष्ट गरेको छ।

सिरहाको धनगढीमाई नगपालिका वडा नम्बर १२ स्थित करिब दुई विघा खेतमा गरिएकाे गाँजा खेती फडानी गरी नष्ट गरिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले गाँजा खेतीलाई फडानी गरि स्थानियवासीको रोहवरमा नष्ट गरेको सिरहा प्रहरीले जनाएको छ।

प्रकाशित : २०७६ कार्तिक २१, बिहीबार १४:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ