बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


उदयपुर, २१ कार्तिक। बसको ठक्करबाट पैदयलयात्रीको मृत्यु भएको छ ।

चौदण्डीगढी नगरपालिका–७, गोरेटो लाईनस्थित सडकमा ना ४ ख ८१३४ नम्बरको बसको ठक्करबाट ६० वर्षीय नम्रता थापाको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी थापालाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाने क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्ष काठमाडौंले जानकारी दिएको छ ।

बस चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : २०७६ कार्तिक २१, बिहीबार १५:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ