धनुषाका तीन क्रसर उधोग बन्द गराइयो


जनकपुरधाम, २२ कार्तिक । धनुषामा मापदण्ड विपरीत सञ्चालन रहेको तीन क्रसर उद्योग बन्द गरिएको छ । जिल्ला समनव्य समिति धनुषाले अनुगमन गर्दै मापदण्ड विपरीत रहेको मिथिला नगरपालिकाका तीन क्रसर उद्योग बन्द गरेको हो ।

महोत्तरी धनुषाको सिमामा पर्ने रातु खोलामा मापदण्ड विपरीत सञ्चालित रहेको सुमित क्रसर उद्योग, धनेश्वर वालुवा एण्ड क्रर उद्योग र सिदार्थ क्रसर उोग बन्द गरिएको धनुषाका उपसभापती दिपक झाले बताए । खोलमा अवैद्य रुपमा बालुवा तथा गिट्टी उत्खनन् गर्नुको साथै कागजातहरु अनुगमन कर्तालाई नदेखाएपछि बन्द गरेको उपसभापती झाले बताए ।

‘दार्ता बाहेक अन्य कागजात उनीहरुले देखाउन सकेनन् । कमीकमजोरीहरु सुधार गर्न र्निदेशन दिएको छु ,’उनले भने, ‘तत्काल काम पनि रोकिएको छ । तीन दिन भित्र प्रकृया पुगाएर कार्यालयमा सम्पर्क गर्न भनेको छु । समयमा प्रकृया पुरा भएनन भने कारवाही अगाडी बढाउछु ।’

प्रकाशित : २०७६ कार्तिक २२, शुक्रबार ०८:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ